काठमाडौं । नवनिर्वाचित ४ सांसद शपथ ग्रहणमा अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेमा सांसदहरु रामकुमार राई (माओवादी केन्द्र), प्रेम बहादुर आले (नेकपा एस), माया राई (नेपाली कांग्रेस)
महिन्द्र राय यादव (माओवादी केन्द्र) रहेका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहण गराइएको थियो । तर ४ सांसद भने सो समारोहमा अनुपस्थित भएका हुन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ४ जना अनुपस्थिति भएको उनीहरुको पछि शपथ हुनेछ ।
नव निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ ग्रहण गराएका हुन् ।
विभिन्न १४ भाषामा शपथ ग्रहण गराइएको थियो ।
उनले बुधकार राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया