शपथका लागि सांसदहरु पुगे संसद भवन बानेश्वर

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू पद तथा गोपनीयताको शपथ लिन संसद भवन बानेश्वर पुगेका छन् ।

उनीहरुलाई नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराउँदै छन् । शपथ लिएसँगै उनीहरुले सांसदको लोगो पनि पाउने छन् ।

शपथका लागि सांसदहरु आ–आफ्ना संस्कृति झल्किने भेषभुषामा संसद भवन प्रवेश गरेका छन् । नेकपा एमालेले आफ्ना सांसदलाई राष्ट्रिय पोशाकमा आउन निर्देशन नै दिएको थियो ।

सांसदहरु शपथ ग्रहणका लागि आफू निर्वाचित भएको प्रमाणपत्रका साथ संसद भवन पुगेका हुन् । केही सांसदले मातृभाषामा शपथ लिँदैछन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे शुरु हुनेछ ।

यसअघि हिजो ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?