काठमाडौं । हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारीसाधन तथा बाटोघाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा वार्षिक २ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांक छ । हरेक वर्ष सवारी दर्ता हुनेक्रम बढ्दो छ तर सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्घटना न्यूनीकरणका लागि सरकारले न त सवारीसाधनको सही व्यवस्थापन गर्न सकेको छ, न त बाटोघाटोको व्यवस्थापन नै ।
६ मंसिरमा डढेल्धुरामा स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए । त्यस्तै, सो घटनाको भोलिपल्टै सप्तरीमा यात्रुवाहक बस खस्दा पाँच जनाको अकालमा ज्यान गयो भने २४ जना घाइते भए ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । सरकारले सडक तथा सवारीसाधनको उचित मर्मत सम्भार तथा व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हरेक दिनजसो बढेको बढ्यै छन् । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया