शेखर–गगन समूहबीच जुटेन सहमति, फेरि बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । कांग्रेसको संसदीय दलको नेताको उम्मेदवार टुंग्याउन संस्थापन इतरलाई सकस परेको छ ।

इतर समूहमा सहमति कायम गर्न बसेको डा. शेखर कोइराला र गगन थापा समूहबीचको छलफल निष्कर्ष विहीन बनेको छ ।

मंगलबार बिहान लैनचौरस्थित होटल एम्बास्डरमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार त्यहाँको बैठक बिना निष्कर्ष सकिएपछि पुनः होटल बसेरामा बैठकको तयारी गरिएको छ ।

‘यहाँ (लैनचौर) को बैठकबाट निष्कर्ष निस्किन सकेन । केही विषयमा थप छलफल गर्नुपर्ने भएकाले पुनः होटल बसेरामा बैठकको तयारी गरिएको छ ।’ ती नेताले भने ।

आजै २ बजे संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराउनुपर्ने भएकाले नेताहरु थप छलफलमा जुटेका हुन् ।

बुधबार हुने कांग्रेसको संसदीय दल निर्वाचनका लागि संस्थापन इतर समूहबाट कोइराला–थापा दुवैको दाबी रहेको छ । यसअघि सोमबार पनि दुवै समूहका नेताहरुबीच छलफल भएको थियो ।

बैठकमा कांग्रेस महामन्त्रीद्व गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतको सहभागिता रहेको थियो ।

यता संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा सर्वसम्मत संसदीय दलको नेताको उम्मेदवारका रुपमा छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?