काठमाडौँ — २०७२ वैशाखको भूकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्त्वपूर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भइरहेका छन् ।
टेकुस्थित नेसनल ट्रेडिङ परिसरमा साढे तीन वर्षअघि बनाइएका पाल जीर्ण भइसकेका छन् । रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् । कागजपत्र असरल्ल छरिएका छन् । हावा चल्न थालेपछि प्रहरी अधिकारीहरू कागजपत्र उडाउने डरले सतर्क हुन्छन् । पानी पर्दा प्वाल टाल्न जुट्छन् ।
नेसनल ट्रेडिङसँग २६ हजार स्क्वायर फिट भाडामा लिएर सञ्चालन भइरहेको सासा बैंक्वेटको आधा क्षेत्रफलमा महाशाखाको कार्यालय छ भने ट्रेडिङको गोदाम र खाली रहेको पुरानो भवनमा परिसरको कार्यालय छ । बैंक्वेटको आँगनमा महाशाखाले दर्जनजति पाल टाँगेको छ । घामपानीले ती पनि मक्किइसकेका छन् । महाशाखासँग करिब दुई सय प्रहरी अधिकारी आबद्ध छन् । परिसरले ३ हजार १ सय ३८ दरबन्दी परिचालन गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया