काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले ल्याएको अध्यादेश अनैतिक र असंवैधानिक रहेको बताएको छ ।
टिकापुर घटनाको छानबिनका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सोैदावाजीका लागि अध्यादेश ल्याईनु अनैतिक र असंवैधानिक रहेको बताएको हो ।
मंगलवार विज्ञप्ति जारी गर्दै विवेकशील साझाले काम चलाउ सरकारले सत्ता सोैदावाजीको कलुषित मनशाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याउनु आपत्तिजनक रहेको बताएको छ ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सोैदावाजीका लागि अध्यादेश ल्याईनु अनैतिक र असंवैधानिक ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘काम चलाउ सरकारले सत्ता सोैदावाजीको कलुषित मनशाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति विवेकशील साझा पार्टीको गम्भीर आपत्ति रहेको छ।’
त्यसैगरी नयाँ सरकार बन्ने प्रकृयाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमुल्यन रहेको विवेकशील साझाको आरोप रहेको छ ।
सरकारको कदम संवैधानिक, कानुनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक रहेको बताउँदै अध्यादेश फिर्ता गर्न समेत माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया