नेता केसीले दिए भेटघाटलाई तीव्रता, ओलीपछि प्रचण्डसँग भेट

लोकपथ
371
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटघाट भएको छ ।

प्रचण्ड र नेता केसीबीच सोमबार दिउँसो सिंहदरबारमा भएको भेटघाटमा निर्वाचन परिणामबारे र जितको लागि एक अर्कालाई बधाई दिएका थिए । त्यस्तै नेता केसीले प्रचण्डको जन्मदिनको शुभकामना समेत व्यक्त गरेका थिए ।

भेटघाटको क्रममा नेताद्वयबीच विभिन्न राजनीतिकसहित विकास निर्माणको विषयमा समेत छलफल भएको केसीको सचिवालयले जनाएको छ । सो क्रममा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समिक्षा, नयाँ सरकार गठन र जनजिविकाका सवालमा उठेका प्रश्नहरुको सामूहिक हल खोज्ने विषयमा समेत छलफल भएको छ ।

त्यसैगरी, काठमाडौं–नुवाकोट जोड्ने मुख्य मार्ग पासाङ ल्ह्यामु  राजमार्ग निर्माण, किसानलाई तत्काल रासायनिक मल तथा औषधिको प्रवन्धसहित अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधारणा तय गरी सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणदेखि भ्रष्टाचारविरुद्व एक भई लड्नुपर्ने विषयमा समेत नेताद्वयबीच छलफल भएको थियो ।

नेता केसीले पछिल्ला दिनहरुमा राजनीति नेतृत्वहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएका छन् । यसअघि नेता केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?