गृहमन्त्रीको यस्तो निर्देशन, मान्लान् त कर्मचारीले ?

 काठमाडौँ  -गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

 आज गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘ तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् ।

उनले भने,‘ तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् ।

कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ । ’

 गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढीरहेको गृहमन्त्रीको भनाई छ ।
    
 कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।
   उहाँले मन्त्रालयको कामकारवाही सहि बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरीएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?