कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । बिहीवार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवारको तुलनामा सुनको भाउ रु १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै बिहीवार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ । 

चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेर बिहीवार ७२० मा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?