भक्तपुरको उपप्रमुख जोशीको घरमा चोरी

भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुखको घरमा चोरी भएको छ । 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित उपप्रमुख रजनी जोशीको घरबाट आज बिहान करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीका अनुसार उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको र चोरीमा संलग्नको पहिचान नखुलेको बताए ।

चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?