मेलम्ची खानेपानी समस्याबारे काठमाडाैंका सांसदले गराए प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

लोकपथ
469
Shares

काठमाडौं । काठमाडाैंबाट निर्वाचन जितेका नेपाली कांग्रेसका सांसदहरूकाे टाेलीले मेलम्ची खानेपानी समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराएका छन् । काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीप पाैडेलसहित प्रदेश सांसदहरूकाे टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सांसदहरूकाे टाेलीले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानको माग राख्दै यथाशिघ्र माग पूरा गर्नसमेत दबाब सिर्जना गरेका छन् ।

मंगलबार बालुवाटार पुगेका उनीहरूले मेलम्ची खानेपानी विकास समिति खारेज नगर्न र गर्ने भए वैकल्पिक व्यवस्था गरिहाल्न माग गरेका छन् । ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।

मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंबासी आभारी छौं ।’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजना लाई पानी दिर्घकालीन रुपमा अगाडी बढाउन सरकारले तत्कल कदम चाल्नुपर्ने माग राखिएको छ ।

यस्ता छन् पाँच बुँदे माग

१) आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने ।

२) मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने ।

३) सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने ।

४) वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने ।

५) कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?