चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक तय

लोकपथ
91
Shares

काठमाडौं । आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए ।

गगठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डालगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?