सोचे जति नतिजा आएन : प्रचण्ड

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड)ले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सोचे जस्तो नतिजा नआएको बताएका छन् । प्रचण्डले पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै सोचे जति नतिजा नआएको जानकारी दिउका हुन् ।

उनले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने आफूहरुको सोच रहेको तर, सोचे अनुसार सिट नआएको बताए । प्रचण्डले प्रदेश सभामा भने सन्तोषजनक नतिजा आएको बताए । उनले संघमा ३० सिट भन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचे भन्दा १०÷१२ सिट कम आएको उल्लेख गरे ।

कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरु आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन अब जेजति सिट आएको छ । यसलाई लिएर गठबन्धनकै सरकार बनाउनु पर्छ अरु विकल्प खोज्नेतिर जानुहुन्न । गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनु पर्ने पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?