भारतीय राजदूतले पुनः भेटे प्रधानमन्त्री देउवालाई

लोकपथ
203
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएका छन् ।

शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफू पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना दिएका छन् ।

भेटमा द्विपक्षीय हित र सहयोग अदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

राजदूत श्रीवास्तवले यसअघि मंसिर १० गते प्रधानमन्त्री देउवालाई भटेका थिए । मतगणना जारी रहेकै बेला उनी बालुवाटार गएर भेट्दा आालेचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?