दोलखा । दोलखा प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार कुन्दन काफ्ले सवार गाडीमाथि एमाले कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।
१० वटा केन्द्रमा बिहिबार भएको मतदान स्थलमा अवलोकनका लागि जानेक्रममा काफ्ले सवार गाडीमाथि एमाले कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।
प्रहरीका अनुसार बैतेश्वर–२ स्थित पुतलीकाठ मतदान केन्द्रको अवलोकनका लागि जाने क्रममा काफ्ले सवार बा २ च १८२९ नम्बरको बोलेरोमाथि ढुंगामुढा प्रहार भएको हो ।
त्यस्तै यता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुले पनि एमालेबाट प्रतिनिधि सभा सदस्य बालकृष्ण शिवाकोटीको गाडी तोडफोड गरेका छन् ।
दोलखामा राजनीतिक दलहरुबीच विवाद उत्पन्न भएपछि १० वटा मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको थियो ।
पुनः मतदानबाट ५० प्रतिशत मत खसेको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले लोकपथलाई जानकारी दिए । ‘सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ,’उनले भने, ‘५० प्रतिशत मत खसेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया