विराटनगर । विराटनगरको मुख्य व्यापारीक क्षेत्रमा रहेको फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् ।
विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विरोध गर्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए । आफूहरुले फुटपाथ नमिचेको बताउँदै व्यापारीले निर्वाध रुपमा व्यापार गर्ने बातावरण बनाउन माग गरेका छन् ।
सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान सुरु गरेको थियो ।
महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया