काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) अञ्जनीकुमार पोखरेललाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ ।
नारायणदत्त पौडेल सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा नियुक्ति भएपछि सो विभागमा एआईजी पद रिक्त थियो ।
पोखरेललाई एआईजी बढुवा र पदस्थापन गरिएको पत्र सशस्त्र मुख्यालय पुगिसकेको स्रोतको भनाइ छ ।
पाखरेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका थिए ।
पोखरेललाई गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । पोखरेल सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृत हुन् ।
पोखरेल मानवस्रोत विभागमा पदस्थापन भएसँगै एआईजी गणेशबहादुर ठाडामगरको मानवस्रोत विभागको जिम्मेवारी सम्हाल्ने सपना अहिलेलाई चकनाचुर भएको छ ।
ठाडामगरले गत मंसिर अन्तिम साता भएको एआईजी सरुवामा पनि मानवस्रोत विभागमा आउन भरपुर प्रयास गरेका थिए । उनले तत्कालीन सरकार र तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष मानवस्रोत विभागको जिम्मेवारी दिन आग्रह पनि गरेका थिए । तर त्यसबेला सरकारले पौडेललाई मानवस्रोत विभागमा सरुवा गरेको थियो । यसअघि उनी कार्य विभागमा थिए । ठाडामगरलाई भने कार्यविभाग र वंशीराज दाहाललाई सीमा विभागमा सरुवा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया