काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले आफ्नो अग्रता कायमै राखेका छन् । हालसम्म गौचनले ३ हजार १ सय ५६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको मुस्ताङका मूख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले लोकपथलाई जानकारी दिए ।
दोस्रो स्थानमा एमालेका विजयी प्रेमप्रसाद तुलाचन रहेका छन् । उनले हालसम्म २ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ६६, राप्रपा नेपालले ६ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा अझै १४ सय मत गन्न बाँकी रहेकाले अन्तिम नतिजा आउन २ घण्टाजस्तो लाग्ने पराजुलीले जानकारी दिए । मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया