काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना शुरु भएको छ ।
देशको केही स्थाजमा मात्रै मतगणना शुरु भएको हो ।
प्राप्त जानकारी अनसार हालसम्म देशका विभिन्न ९ स्थानको मतगणना जारी रहेको छ । जसअनुसार झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मुस्ताङका ९ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।
एमालेले झापा २, धनुषा ३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले भक्तपुर २, मुस्ताङ र झापा ३ मा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको बताइएको छ ।
अन्य निर्वाचन क्षेत्रको मतगणनाको तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया