मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्छ : ओली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले आईतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे ।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताए ।

अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताए । उनले शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । उनले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताए ।

अध्यक्ष ओलीले भने,‘ जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकारप्रयोग गर्न आग्रह गर्दछु । निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौँ । निर्वाचनको कार्य भइरहहाँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ । निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ । छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ । साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहोर्‍याएर गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। अध्यक्ष ओलीले भोट हालेको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?