हुम्लाको सर्केगाडस्थित मतदान स्थलमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

लोकपथ
112
Shares

काठमाडौं । हुम्ला मतदान स्थलमा झडप भएको छ । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं-३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायरसमेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?