काठमाडौं । देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचनविरोधी कार्यक्रमको घोषणा गरेको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा समेत गरेको छ ।
मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ ।
खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापीरुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरुको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अफिल गर्ने निर्णय समेत गरेको छ ।
कपिलवस्तुमा सम्पन्न महाधिवेशनको निर्णय सार्वजनिकसहितका पार्टीका नीतिका बारेमा जानकारी दिन विप्लव समूहले पत्रकार सम्मेलन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया