डा.शंशाक कोइरालाको स्वास्थ्यमा सुधार

लोकपथ
168
Shares
file photo

भरतपुर । चुनावी सभामा एक्कासी अचेत भएका नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा.कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा.मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताए । कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबार दिउँसो अचेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?