आँशु पुच्छदै विदेशिनुपर्ने दिनको अन्त्यका लागि मेरो उम्मेदवारी : पोख्रेल

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाब जित्नुपर्ने बताएकी छिन् ।

आइतबार काठमाण्डौ वडा ९ स्थित बत्तिसपुुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् । उनले भ्रष्टाचारीहरुलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृत रुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् ।

यस्ता भ्रष्टचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गरिन् । कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् ।

उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरुको पक्षमा आवाज उठाउन आफू संसदमा पुग्नुपर्ने दाबी गरिन् । उनले आफूले चुनाव जितेमा दशैं, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिनपनि आँशु पुच्छदै घर, परिवार छोडेर विदेशिनुपर्ने दिनको अन्त्य हुने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?