काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।
आइतबार गोरखा क्षेत्र नं २ मा आयोजित चुनावी सभामा बोल्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री ।’ उनले भने ।
त्यसैगरी सो निर्वाचन क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाएपछि विकासको लहर आउनेमा विश्वास व्यक्त गरे ।
‘यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ उनले भने ।
डा. भट्टराई २०६४,२०७० र २०७४ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित भएका हुन् । तर आागामी निर्वाचनमा भने डा. भट्टराई कतैबाट पनि चुनाव लडेका छैनन् ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रदेश सभामा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया