काठमाडौं । निर्वाचन आयोग नेपालले कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का गठबन्धनका उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
यसअघि सोधिएको स्पष्टीकरण दिएको तर सो स्पष्टीकरणपछि पनि अभियान सञ्चालनका विषयका अभिव्यक्ति दिँदै हिँडेको लगायत ३ प्रश्नसहित स्पष्टीकरण सोधिएको हो ।
निर्वाचनको आचारसंहिता लागेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा डेंगी नियन्त्रणको तयारी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।
तर थापाले सार्वजनिक कार्यक्रममा आफूले सो अभियान चलाइरहने अभिव्यक्ति दिएका थिए । थापाले आयोगको निर्णय अटेरी गरेपछि पुनः स्पष्टीकरण सोध्ने तयारी गरेको निर्वाचन आयोगका उपन्यायाधीवक्ता गुरुप्रसाद वाग्लेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार थापाले यसअघि सोधेको स्पष्टीकरणपछि पनि किन सोही विषयमा अभियान चलाएको ? तपाईलाई कारबाही हुनु पर्छ की पर्दैन ? भन्ने र सबै उम्मेदवारले यसरी नै अभियान चलाएमा निर्वाचनलाई प्रतिकुल असर पर्छ की पर्दैन ? भन्ने विषयमा पुनः स्पष्टीकरण सोधिएको हो ।
‘उहाँलाई पहिले पनि डेंगी नियन्त्रण अभियान सञ्चालनको विषयमा स्पष्टीकरण सोधेको थियो । तर थापाले सार्वजनिक कार्यक्रमबाटै आफूले अभियानलाई निरन्तरता दिने उद्घोष गरेसँगै आयोगले पुनः स्पष्टीकरणको तयारी गरेको हो ।’ उनले भने ।
वाग्लेका अनुसार आयोगले पत्र तयारी गरेर थापालाई छिट्टै पठाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया