प्रदीप पौडेललाई शुभकामना दिँदै डा.भोला रिजालले भने ‘अब युवाहरुले जित्नुपर्छ’

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार प्रदीप पौडेलले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
उनले मतदातासँगको भेटघाटलाई जारी राखेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनका उम्मेदवार पौडेलले बुधबार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालसँग छलफल गरेका छन् ।

अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिए । उनले प्रदीप पौडेल शान्त र निष्कलंकित नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए ।

‘जसको हाँसो उज्यालो छ नि, त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन । यसलाई सधैँ कायम राख्नू’, पौडेललाई शुभकामना दिँदै रिजालले भने । उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो । जागे युवा जाग अब उठ्ने तिम्रो पालो ।’

पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन् । पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?