काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गरेका छन् ।
बेलायती संसद भवनमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु कुराकानी भएको थियो । विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदान–प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो ।
‘बेलायती संसदको नेपाल प्रतिको सद्भाव, एक्यवद्धता एवम् सहयोग दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु । ‘उनले कोभिड महामारीका समयमा नेपाललाई सहयोग गर्ने विषयमा बेलायती संसदमा भएको छलफलको नेपाली जनताले स्मरण गरिरहेका बताए ।’
अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरु नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाहरुका पेन्सन र क्षतिपूर्ति लगायतका विषयमा बेलायती सरकारसँग केही मागहरु रहेको स्मरण गर्दे उनले ती मागहरु सम्बोधनका लागि द्विपक्षीय वार्ता समिति गठन भइ वार्ताको तयारी भएकाले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।
सो क्रममा तिमिल्सिनाले बेलायतमा रहेको नेपाली समुदायले बेलायत र नेपाललाई जनस्तरमा जोड्न महत्वपूर्ण योगदान रहेको बताउँदै बेलायती राजनीतिमा नेपाली मूलका बेलायतीहरुको समेत सहभागिता बढ्दै गएको उल्लेख गरे । भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी रहेका थिए ।
यसैबीच अध्यक्ष तिमिल्सिनाले सोमवार (२४ अक्टोबर २०२२) मा बेलायतको संसदमा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्मालगायतका सांसदहरुसँग भेटघाट गरेका थिए । सो क्रममा उनीहरुबीच दुई देशको संसदबीचको सहकार्यलगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष तिमिल्सिनाको सम्मानमा मैत्री समूहका अध्यक्ष शर्माले दिवाभोजको आयोजनासमेत गरेका थिए । अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तर व्यवस्थापिका संघको १४५ औँ सम्मेलनमा (११–१५ अक्टोवर, २०२२) संघीय संसदको प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी भएका थिए ।
सो सम्मेलन सम्पन्न भएपछि उनि गैरआवसीय नेपाली संघ तथा अन्तर्राष्ट्रिय पर्वत समाजलगायतका संस्थाको कार्यक्रमहरुमा सहभागी हुन बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया