सांस्कृतिक महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिबद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए ।

उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात गरी अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएको नेपाल सम्वतको जगेर्ना गर्दै नेपाल सम्वतलाई आगामी दिनमा यसको प्रयोगलाई बढाउँदै यसको संस्कृति र महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ । नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ ।

गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ ।’ प्रधानमन्त्री देउवाले भने– ‘सबै प्रतिबद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ ।

व्यक्ति भन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?