एमालेकाे पहिलो चुनावी सभा दार्जुलामा, चुच्चे नक्सासहित ओलीले सम्बोधन गर्ने

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि देशव्यापी चुनावी अभियान तय गरेको छ ।

एमालेले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिमको दार्चुला जिल्लाबाट कार्तिक १८ गते चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमालेले आयोजना गरेको वृहत पहिलो चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

एमालेले तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दार्चुलामा मिचिएको नेपाली भूमी समेटिएको नेपाली नक्सा जारी गरेको र त्यसैको सन्देश दिनका लागि दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

नेकपा एमालेले नक्सामा समेटिएको नेपाली भूमीको रक्षा गर्ने सन्देशसहित सो क्षेत्रबाट चुनावी अभियान सुरु गर्न लागेको जनाएको छ । नेपाली भूमी समेटिएको चुच्चे नक्सासहित एमालेले आगामी निर्वाचनका लागि मुख्य मुद्दा भूमीको रक्षा बनाएको छ ।

सो दिन बिहान ११ बजे दार्चुलाको सदरमुकाम खलंगामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी सोही दिन एमालेले सुदूरपश्चिमका अन्य जिल्लामा पनि कार्यक्रम तय गरेको छ ।

निर्वाचन आयोगले निर्वाचनको १६ दिन अघिबाट मात्रै ठूला चुनावी सभा गर्न पाउने मापदण्ड अनुसार ढिला गरी चुनावी अभियान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?