अपराधि पत्ता लगाउने ‘फौजी कुकुर’ को कलाकौशल (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही क्रममा अपराधि पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधि पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।

केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधि पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?