केपी ओली बिनै सम्पन्न भयो नेकपाको चियापान, १० तस्बिरमा हेर्नुहोस्

काठमाडौँ– विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रमा  राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारलगायतको सहभागिता रहेको भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली भने सहभागि भएनन् ।
उनी स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रममा सहभागि हुन नसकेको बताइएको छ ।
उनी सहभागि हुन नसकेपछि उपस्थित पाहुनालाई अर्का अध्यक्ष प्रचण्डलगायतले स्वागत गरेका थिए ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा हजारौंको सहभागिता रहेको बताइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?