काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ ढकालथोक स्थित भागेटारमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सोही ठाउँका वडाध्यक्ष नेत्रप्रसाद ढकालका अनुसार बा. २ च २८७ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटनामा परि मृत्यु हुनेमा मण्डनदेउपुर वडा नम्बर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका वडा नम्बर १० का विनोद कार्की रहेको उनले बताए ।
सो घटनामा परि अन्य ४ जना घाइते भएका छन् । उनीहरुलाई स्थानीयले उद्धार गरि उपचारको लागि धुलीखेल अस्पताल पठाएको वडा अध्यक्ष ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया