शिक्षक वेपत्ता पारेको अभियोगमा वडा अध्यक्षसहित ५ जना जेल चलान

रुकुम । पुथाउत्तरगंगा गाउँपालिका –२ को पेल्मा आधारभूत विद्यालयका शिक्षकलाई बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ  । 

आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहेका शिक्षक ५१ वर्षीया मखनकुमार केसीलाई कुटपिटपछि बेपत्ता पारेको अभियोगमा वडाअध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो ।  

सिस्ने गाउँपालिका–६ का शिक्षक केसी त्यस विद्यालयमा २३ वर्षदेखि अध्यापनरत थिए ।  

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी र त्यसै ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

अदालतले शुक्रबार निरन्तरको सुनुवाइपछि शुक्रबार नै सो फैसला सुनाएको थियो । अदालतले फैसला सुनाए लगत्तै उनीहरुलाई शुक्रबार राति नै रुकुम पश्चिमको कारागार पठाइएको थियो । 
केसी गत भदौ १४ गते सम्पर्क विहिन भएका थिए भने परिवारले भने भदौ १७ गते मात्रै वेपत्ता भएको खबर पाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?