काठमाडौं – नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टदेखि सिपाहीसम्म छनोट प्रक्रियामा अनियमितता भएको पाइएपछि सैनिक अदालतले १ सय ८० जनामाथि ‘कोर्ट मार्सल’ सुरु गरेको छ ।
२०७४ सालको प्राविधिक तथा इन्फेन्ट्री सेवादेखि सेकेन्ड लेफ्टिनेन्टसम्म छनोटमा आर्थिक अनियमितता भएको आन्तरिक छानबिनका क्रममा पुष्टि भएपछि सैनिक मुख्यालयले प्रकरण टुंग्याउने जिम्मा सैनिक अदालतलाई दिएको थियो । ठूलो रकम लिएर लिखित, मौखिक तथा शारीरिक तन्दुरुस्ती परीक्षा उत्तीर्ण गराएको निष्कर्ष जंगीअड्डाको छ ।
आन्तरिक छानबिनमा अनियमितता पुष्टि भएपछि सैनिक अदालतले ती १८० जनालाई निलम्बन गरी नियन्त्रणमा लिएर छानबिन (कोर्ट मार्सल) थालेको सैनिक प्रवक्ता गोकुल भण्डारीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया