भेटायोले ल्यायो तिहारमा झिलिमिली बनाउने अफर

लोकपथ
77
Shares

काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

योजना अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८ सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको हो ।

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने कम्पनीले जनाएको छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १ सय ५५ रुपैयाँ छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ ।
जसअनुसार मेघा बिक्रीमा सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १ सय ५५ रुपैयाँसम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५५ रुपैयाँछुट पाउन सकिने बताएको छ ।

यस्तै, पञ्चकन्या एसएस ट्याङकी सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजरजस्ता विभिन्न वस्तुहरूमा विशेष छुट पाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?