निर्वाचनको मिति नजिकिएसँगै जिल्ला जिल्लामा पुगेर छलफल गर्दै आयोग

लोकपथ
49
Shares

काठमाडौं । मंसिर ४ को निर्वाचनलाई मर्यादित बनाउनका लागि निर्वाचन आयोग नेपालले विभिन्न जिल्लामा पुगेर निगरानी साथै छलफललाई तीव्रता दिएको छ ।

आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा, मतदाता शिक्षा, आचारसंहिता लगायतका विषयमा छलफललाई तिव्रता दिएको हो ।

सो क्रममा निर्वाचन आयोगको टोली बाँके जिल्लामा पुगेर निर्वाचनको सुरक्षा, मतदाता शिक्षा, आचारसंहिता लगायतका विषयमा छलफल गरेको हो ।

बुधबार निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले बाँकेका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसो त निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लामा पुगेर निरगरानीलाई तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?