काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।
काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।
निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् ।
सो क्रममा नेता पौडेलले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरबिन्द कुमार मिश्र, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य तथा परराष्ट्र मामिलाका जानकार एवम् विश्लेषक गेजा शर्मा वाग्ले लगायतसँग भेटघाट र छलफल गरेका हुन् ।
डा. वाग्ले र पोखरेल नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिको सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।
भेटघाटका क्रममा आफ्नो क्षेत्रको समग्र विकास र बीसिडी मोडलको कार्यान्वयनका विषयमा छलफल गरेका हुन् । नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्ट (विकास) को कुरालाई मुख्य एजेण्डा बनाएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनमा होमिएका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन् ।
उक्त योजनालाई सुरुमा काठमाडौं–५, त्यसपछि काठमाडौं र देसैभरी लागू गर्ने योजनामा रहेका छन् पौडेल ।
भेटघाटका क्रममा समग्र निर्वाचनको विषयमा समेत छलफल भएको थियो । नेता पौडेलले अघि सारेको बीसिडी मोडलका नयाँ विकास मोडल हुनसक्ने विज्ञहरुले सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया