शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

लोकपथ
539
Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको ललितपुर ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले लोकपथलाई जानकारी दिए ।

जोशीमा मुटु र प्रोष्टेटको समस्याबाट पीडित जोशीमा कमजोरी बढेपछि गत असोज ७ गते कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

अस्पतालले उनको निःशुल्क उपचार गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?