काठमाडौं । आगामी निर्वाचनका लागि प्रत्येक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।
निर्वाचन आयोगले आजबाट उम्मेदवारको मात्र चुनाव चिह्न रहनेगरी पहिलो हुने निर्वाचन प्रणाली अर्थात् प्रत्येक्ष निर्वाचनको मतपत्र छपाइको काम सुरु गरेको हो ।
आयोगका अनुसार प्रत्येक्ष तर्फ निर्वाचन क्षेत्रका छुट्टा–छुट्टै हुनेगरी ४ सय ९५ प्रकारका मतपत्र हुनेछन् ।
आयोगले भनेको छ, ‘उम्मदेवारको मात्र निर्वाचन चिन्ह रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाई आज असोज २७ गतेदेखि शुरु गरिएको छ। यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टा छुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने छन्।’
ठूलादेखि साना राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएका कारण मत बदर धेरै हुने गरेको गुनासोसँगै आयोगले उम्मेदवारी नपरेको निर्वाचन क्षेत्रमा अन्य दलको चुनाव चिह्न नराखेको हो ।
आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी गठबन्धन गरेका छन् । यता नेकपा एमालेसहित राप्रपा, जसपासहित अन्य राजनीतिक दलहरु गठबन्धनमा गएका छन् ।
आयोगले उम्मेदवारी नदिएको निर्वाचन क्षेत्रमा राजनीतिक दलको चुनाव चिह्न राखेको छैन । यसअघि सबै ठाउँमा एकै किसिमको मतपत्र हुने गरेको कारण गठबन्धनमा आवद्ध दलहरुको मत बदर हुने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया