काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् ।
नेकपा एमालेले आगामी निर्वाचनमा टिकट नदिए पनि आफूले पार्टी नछाड्ने बरु पार्टीभित्र बसेर संघर्ष गर्ने बताए ।
बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले १८ बुँदामा असन्तुष्टि जनाएका हुन् ।
कार्यक्रममा बोल्दै नेता रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताए। उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए ।
उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्र्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे । अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया