काठमाडौं–५ का मतदातालाई पौडेलले भने : ‘मलाई विश्वास गर्नुस्, भरोसालाई कुठाराघात गर्नेछैन’

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताले आफूलाई गरेको भरोसामाथि कहिल्यै कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ५ मा गठबन्धनबाट उम्मेदवार बनेका नेता पौडेलले बिहीबार क्षेत्र नं ५ ले गरेको कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेता पौडेलले मतदाताले गरेको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने विश्वास व्यक्त गर्दै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु ।’उनले भने, ‘तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु ।’

काठमाडौंको क्षेत्र नं ५ मा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु रहेका कारण आफ्नै निर्वाचन क्षेत्रबाट देश बन्ने नीति बन्नुपर्नेमा जोड दिए ।

No description available.

काठमाडौं–५ राजधानीको पनि राजधानी रहेको बताउँदै उनले भने, ‘काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो । यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा । त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ ।’

No description available.

त्यसैगरी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मीक र अन्य क्षेत्रलाई सम्भावना अनुसार विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा । सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु ।’ उनले भने ।

काठमाडौंका विभिन्न किसिमका प्रदुषणलाई हटाइ स्वच्छ र हराभरा विकसित सहर बनाउने साथै मुख्य समस्याको रुपमा रहेको ट्राफिक जामलाई अन्त्य गर्ने विशेष योजना ल्याउने समेत बताए ।

काठमाडौंको नेवार समुदाय सभ्यताको प्रतिक रहेको बताउँदै नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने,सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने समेत बताए ।

‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने,सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने छौ ।’ उनले भने ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय डा. प्रकाशशरण महत, प्रदेश उम्मेदवारहरु भैरव सापकोटा, श्याम बहादुर खड्का लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?