गोरखाली जनतालाई प्रचण्डको त्यो बचन

लोकपथ
259
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष दाहालले आइतबार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तापछि बोल्दै उनले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताए । अध्यक्ष दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुशी लागेको बताए । उहाँले गठबन्धनबाट सुमधुर सम्बन्धकासाथ निर्वाचनमा गएको बताए । अध्यक्ष दाहालले अब आर्थिक विकास र समृद्धिको क्रान्ति पनि एकतावद्ध भएर काम गर्ने बताए ।

उनले भने, ‘पहिलो चुनाव रोल्पाबाट लडेँ, काठमाडौं, सिराहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु’ उनले भने,‘यसरी देशको पूर्व, पश्चिम मधेस पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, अहिले गोरखा आएपछि नयाँ रेकड बन्यो भन्ने लागेको छ,आर्थिक समृद्धिको रोडम्याप गोरखाबाट कोर्नुपर्छ, यहि सन्देश दिनुपर्ने भन्ने प्रतिवद्धताका साथ उभिएका छौं ।’
पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समर्थक र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई प्रस्तावक राखेर दाहालले उम्मेदवारी दर्ता गराएका थिए । श्रेष्ठ र भट्टराइसँगै दाहाल उम्मेदवारी दर्ताका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय पुगेका थिए ।

त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र सोही क्षेत्रको ‘ख’ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?