सर्लाही-२ बाट नेसपा अध्यक्ष यादवको उम्मेदवारी

लोकपथ
1.4k
Shares

सर्लाही । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निवर्तमान सांसद एवं पुर्व कृषि मन्त्री समेत रहेका अध्यक्ष यादवले बाजागाजा र कार्यकर्ताहरुका साथ सर्लाहीको सदरमुकाम मलङ्ग्वाको नगर परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को एकल चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा १ बाट सत्तारुढ गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) को एकल चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौड़ा लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुन सुनिल कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २ बाट सत्तारुढ गठबन्धनकै तर्फबाट नेपाली काङ्ग्रेसका कौशल किशोर रायले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला समन्वय समितिको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पार्टीका उम्मेद्वारहरुले पनि उत्साहपूर्ण तवरले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?