रोल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराएका थिए । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन् ।
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिन । गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, पुनले भने, ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रुपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’ प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित भएका थिए । उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए । प्रदेशसभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र ९ख० बाट काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया