कांग्रेस नेता केसीद्वारा नुवाकोट–२ बाट उम्मेदवारी दर्ता

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

केसीलाई नुवाकोट २ मा माओवादी र एकीकृत समाजवादीको समर्थन छ । अघिल्लो निर्वाचनमा पराजित केसीको यसपटक पनि पुरानै प्रतिस्पर्धी एमालेका नारायण प्रसाद खतिवडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?