झापामा ओलीविरुद्ध कांग्रेसका अधिकारीले चुनाव लड्ने

लोकपथ
245
Shares

काठमाडौं । सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई अघि सारेको छ ।

गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए ।

अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?