गगन थापा सर्लाही जाने हल्लाले कांग्रेसभित्र तरङ्ग

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं छाडेर सर्लाहीबाट निर्वाचन लड्ने हल्लाले कांग्रेसभित्र हलचल मच्चिएको छ ।

मनोनयनको अघिल्लो दिन अर्थात् शुक्रबार एकाएक थापा सर्लाही–४ बाट निर्वाचन लड्ने हल्लाले राजनीतिक तरंगित बन्न पुग्यो ।

काठमाडौं क्षेत्र नं ४ बाट २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थापाको नाम सर्लाहीबाट समेत सिफारिसमा परेको थियो । गत स्थानीय तहको निर्वाचनमा थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले राम्रो मत ल्याउन नसकेका बेला थापा एकाएक सबैलाई सशंकित बनाएको थियो । तर थापाको सचिवालयले भने उक्त कुरा हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।

थापाको सहयोगी सबिनबाबु मुडभरीले सामाजिक सञ्जालमा लेख्दै हल्लाको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

‘धेरैले सोध्नुभयो महामन्त्री गगन थापा ज्यु कहाँबाट चुनाव लड्ने? आफ्नो ठाँउ काठमाडौ क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने,यो ठाँउ छोडेर अन्त जाने कुरा न त सोच्न सकिन्छ न त सोचिन्छ नै । हल्लाको पछि नलागौ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?