बाबुरामको पार्टीले पायो समानुपातिकमा ४ सिट, को-को परे ?

लोकपथ
721
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनमा समानुपातिकमा ४ सिट पाएको छ ।

नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिक बन्दसूचीमा ४ सिट पाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीअनुसार समाजवादी पार्टीका दुर्गादेवी भट्टराई (गोरखा), ईश्वर रिजाल (चितवन), उमरावती देवी यादव (बारा) र दुर्गा सोव (डोटी) समानुपातिकको बन्दसूचीमा परेका हुन् ।

आयोगले राजनीतिक दलले बुझाएको बन्दसूचीको आधारमा नामावली सार्वजनिक गरेका छन् ।

जसमा ४८ वटा राजनीतिक दलका २ हजार भन्दा बढी उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?