सरकारी सुविधा छाडेर निजी निवास फर्किए सभामुख सापकोटा

लोकपथ
105
Shares

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

मनोनयनको अघिल्लो दिनसम्म कार्यकाल रहने संवैधानिक व्यवस्था अनुसार आजबाट सापकोटाले सभामुखको लागि पाएको सरकारी सेवा सुविधा छाडेर निजी निवास फर्किएका हुन् ।

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा आजदेखि सरकारी सेवा सुविधा छोडेर नीजि निवासमा फर्कनु भएको छ ।’ सभामुख सापकोटाको सचिवालयले भनेको छ ।

आजै सभामुख सापकोटाले पत्रकार सम्मेलन मार्फत आफू निर्वाचन समेत नलड्ने घोषणा गरेका छन् ।

उनले आफू ३ पटकसम्म निर्वाचित भएको भन्दै नयाँ र युवाहरुलाई पालो दिनुपर्ने भन्दै आफू निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?